‘पुनः जागरणका लागि पार्टीभित्र समग्र एकता आवश्यक छ’ : नेता केसी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ आश्विन १५, सोमबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज १५,काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले वैचारिक पुनः जागरणका लागि पार्टीभित्र समग्र एकता आवश्यक भएको बताएका छन ।

नेपाली काँग्रेस कास्कीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले एकता र आन्तरिक लोकतन्त्र बलियो नहुँदा त्यसले पार्टीलाई कमजोर बनाएको बताए ।

नेता तथा कार्यकर्ता गुट उपगुटमा विभाजित बन्ने गरेको उल्लेख गर्दै उनले आग्रह पूर्वाग्रहलाई त्याग्दै पार्टीलाई एकढिक्का बनाउन लाग्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता शुक्रराज शर्मा, राष्ट्रियसभा सदस्य वृन्दा राना, सोभियतबहादुर अधिकारी लगायतले पार्टीको आन्तरिक एकता कायम गर्नु वर्तमानको आवश्यकता भएकोमा जोड दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस