ज्योति लाइफको आइपीओमा एकैदिनमा मागभन्दा बढी आवेदन, कति पर्यो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ फागुन २२, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुण २२, काठमाडौ । ज्योति लाइफ इन्सुरेन्सको आइपीओमा शुक्रबार एकैदिन ७३ करोड ८५ लाख ५९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । हिजो साँझ ६ बजेसम्मको तथ्यांकअनुसार ७३ लाख ८५ हजार ५९० कित्ताको लागि आवेदन परेको हो ।

२ लाख ८८ हजार ५५५ जना लगानीकर्ताले आवेदन दिएका छन् । ज्योति लाइफले सर्वसाधारणको लागि ५९ लाख ४० हजार कित्ताका लागि आवेदन माग गरेको छ । पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । यो आइपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिन्छ । ज्योतिको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । आइपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस