अब दल कसरी अगाडी बढ्छन् ? एमाले र माओवादीसँग सरकार बनाउने सांसद पुग्छन् ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २४, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुण २४, काठमाण्डौ । सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई समेत बदर गरिदिएपछि एमाले र माओवादी केन्द्र दल बिउँतिएका छन् । दुई दल २०७४ सालको प्रतिनिधि सभा चुनावमा मिलेर गएका थिए । दुई दल मिलेर चुनावमा गए पनि उम्मेदवार भने एमाले र माओवादीका फरक–फरक व्यक्ति नै थिए । दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाको सिटका लागि २०७४ सालको मङ्सिरमा चुनाव भएको थियो । प्रतिनिधि सभाको चुनावमा तत्कालीन एमालेले प्रत्यक्षतर्फ ८० र समानुपातिकमा ४१ सिट गरी एक सय २१ सिट जितेको थियो ।

यस्तै माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ र समानुपातिकमा १७ गरी ५३ सिट जितेको थियो । यस्तै नेपाली कांग्रेसको प्रत्यक्षतर्फ २३ र समानुपातिकमा ४० गरेर ६३ सिट छ । प्रतिनिधि सभामा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन् । राष्ट्रिय सभामा भने एमालेका २७, कांग्रेसका १३ र माओवादी केन्द्रका १२ सदस्य रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस