संसद बैठक धामी नाचमा परिणत भयो: प्रधानमन्त्री ओली

फागुन २४,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना पछि ताजुब देखिएको बताएका छन् । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापनापछि पार्लियामेन्टमा माननीयहरुको गतिविधि अशोभनीय देखिएको भन्दै जनताका समस्या समाधान गर्ने थलोलाई नाराबाजी र धामी नाचमा परिणत गरेको बताए ।

‘मुद्दा लडेर आएपछि ताजुव देखियो । एउटा फैसला अदालतको जय जयकार । अर्को फैसला के गरेको यो राजनीतिमा हात हाल्न पाइन्छ ?’ प्रधानमन्त्री ओलीले अदालतका फैसलापछि आएका प्रतिक्रिया र दृश्यहरुको चर्चा गरे । उनले अदालतको फैसला मान्नै पर्ने भन्दै न्यायालयका फैसलालाई सम्मान गर्न आग्रह गरे । ‘मैले प्रतिनिधिसभा विघटन गरेँ, दुरदिन देख्नु थियो पुनःस्थापित भयो । पुनःस्थापनापछि चुनावमा जाने बेलामा नारा जुलुस हेर्नुस् त । एकाथरी गुरुरुर कुदछन्, अर्को थरी नारा लगाउँछन् ।

पहिलो गाँसमै झिंगा’ प्रधानमन्त्री ओलीको भनाइ छ । उनले यस्तै दुर्दिन देख्न नपरोस् भनेर नै प्रतिनिधिसभा विघटन गरेको भन्दै पुनःस्थापित भएपछि त्यस्तो दृश्य देख्न परेको टिप्पणी गरे । उनले प्रचण्ड माधव पक्षले अझैपनि अर्जुनले माछाको आँखोमात्र देखेजस्तै पद, सत्ता र स्वार्थ मात्रै देखिरहेको बताए । ‘केही मान्छेहरु छन् जो अरु थोक केही पनि देख्दैनन् । अर्जुनले माछाको आँखोमात्रै देखेजस्तै पद, सत्ता र स्वार्थमात्रै देख्छन्’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

संम्बन्धित समचार

Leave a Reply