एमाले र माओवादी केन्द्रको सर्वोच्चको फैसला पुनरावलोकन नगर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २६, बुधबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

फागुण २६, काठमाडौं । एमाले र माओवादी केन्द्र दुबै सर्वोच्च अदालतको फैसला विरुद्ध पुनरावलोकनमा नजाने भएका छन् । एमाले फैसला कार्यान्वयनको पक्षमा उभिएपछि माओवादी केन्द्र पनि पुनरावलोकनमा नजाने भएको हो ।

सर्वोच्च अदालतले गत आइतबार ऋषिराम कट्टेललाई नेकपाको आधिकारिकता दिएपछि एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा बदर भएको थियो । सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा आएको छ ।

फैसलाको पुनरावलोकनको पक्षमा देखिएका माधवकुमार नेपाल सहितका नेताहरु समेत एमालेमा फर्किएपछि माओवादी केन्द्र एक्लै पुनारावलोकनमा जानुपर्ने औचित्य नभएको भन्दै नजाने निर्णयमा पुगेको हो ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस