प्रहरी भन्दै लुटेर फरार पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ आश्विन १६, मंगलबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज १६, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले रु एक लाख ४० हजार लुटेर फरार दुई जनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले सोमबार काठमाडौँ महानगरपालिका–१३ कालिमाटी बस्ने भारतका १६ वर्षीय श्यामकुमार शाह र सिन्धुपाल्चोकका २० वर्षीय प्रेम श्रेष्ठलाई पक्राउ गरेको हो ।

पक्राउ परेकासहित अरु चार जनाले आइतबार कलङ्कीका ३८ वर्षीय उमेशप्रसाद केशरीको कोठामा प्रहरी हौँ भन्दै खानतलासी गर्ने निहुँले रकम चोरी गरेर फरार भएका थिए ।

अन्य चार जनाको भने खोजी भइरहेको परिसरले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस