‘लप्पन छप्पन २’ ट्रेलर सार्वजनिक

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ फागुन २७, बिहिबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । मुकुन्द भट्टको लेखन तथा निर्देशन रहेको चलचित्र ‘लप्पन छप्पन २’ को ट्रेलर सार्वजनिक भएको छ ।  शिवरात्रिको अवसरमा एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । कार्यक्रममा चलचित्रका निर्माता प्रकाश कुँवर, निर्देशक भट्ट, कलाकार सौगात मल्ल, अनुप विक्रम शाही‚ भुवन केसी तथा निश्चल बस्नेतको उपस्थिति रहेको थियो ।

दुई मिनेट ४४ सेकेन्डको ट्रेलरमा पैसा र पावरको कथा देखाइएको छ । एक्सन ड्रामा चलचित्रमा सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिनालगायतको अभिनय छ ।

खिलेन्द्रराज तिमल्सिनाको प्रस्तुति रहेको चलचित्रको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेको छ । पुरुषोत्तम प्रधानले खिचेको चलचित्र मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस