कुमार चुडाल र नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २८, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुण २८, काठमाडौ । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीलाई सिफारिस गरेको छ । शुक्रबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालत पाटनमा कार्यरत चुडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।

त्यस्तै बैठकले १६ जनालाई विभिन्न उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । नायब महान्यायाधिवक्ता नारायणप्रसाद पौडेल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव ऋषि भण्डारीलाई उच्च अदालत पोखराको न्यायाधीशमा सिफारिस गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस