आजको मौसम : पहाडी भूभागमा मेघ गर्जन र चट्याङ्सहित बर्षा र हिमपातको सम्भावना

Post Thumbnail

फागुण २९, काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र वाग्मति प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदलि रहेको छ ।

आज दिउँसो देशभरी आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमालि भूभागहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस