सिंगटी हाइड्रोको आईपीओ सार्वजनिक हुन कति दिन बाँकी छ ? कति कित्ता दिने आवेदन ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ फागुन २९, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुण २९, काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि चैत ६ गतेबाट आईपीओ सार्वजनिक गर्ने भएको छ । कम्पनीले निष्कासनको टुङ्गो शुक्रबार लगाएको हो । कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गर्ने छ ।

कम्पनीले दोस्रो चरणमा कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन गरेकोमा जसमध्ये २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता सामुहिक लगानीकोषहरुका लागि छुट्याएको छ ।

बाँकी रहेको २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ । यसअघि स्थानियहरुको लागि शेयर विक्रि खुल्ला गरेको कम्पनीले अब भने सर्वसाधरणको लागि आईपीओ सार्वजनिक गर्न लागेको हो । कम्पनीको आइपीओमा छिटोमा चैत ६ गतेदेखि १० गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा चैत २० गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस