विपन्नका बालबालिकालाई रोट्रयाक्ट र जीवन ज्योतीको सहयोग

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ फागुन २९, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

दिपू वर्णवाल

फागुण २९, बिरगंज । रोट्रयाक्ट क्लब आफ बीरगन्ज मेट्रोपोलिस र जीवनज्योती माविले २ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच क्लबले छात्रहरु राहुल पटेल र सुरज भगवानलाई छात्रवृत्ति प्रदान गरेको हो ।

छात्रवृत्ति वितरण कार्यक्रममा क्लबका तर्फबाट अमित शर्मा, सलोनी रौनियार, प्रकाश कर्ण, रिता श्रेष्ठ र विद्यालयका तर्फबाट प्रधानाध्यापक शिव गुप्ता र निखिल गुप्तालगायतकाको उपस्थिती रहेको थियो ।

मेट्रोपोलिस लिट्रेसी कार्यक्रम अन्तर्गत क्लबले छात्रवृत्ति प्रदान गरेको जनाइएको छ । विपन्न परिवारका बालबालिकालाई विद्यालयले छात्रवृत्ति प्रदान गरेको हो । हरेक वर्ष २ जना बालबालिकालाई छात्रवृत्तिका लागि पहल गर्ने क्लबले जनाएको छ ‌।

 

ताजा अपडेट

खोजी गर्नुहोस