नुवाकोट बेलकोटगढीमा नुवाकोट हाप्किडो संघले जुनियर पेटी परिक्षण तथा आत्मरक्षा तालिम गर्ने

फागुण २९, कुमरी । नुवाकोट बेलकोटगढीमा जुनियर पेटी परिक्षण तथा आत्मरक्षा तालिम अभिमुखिकरण कार्यक्रम सञ्चालन हुने भएको छ । बेलकोटगढी नगरपालिका वडा नम्बर ३ मा अबस्थित लक्ष्मेश्वरि माध्यमिक बिद्यालय रुपिङको प्राङ्गडमा उक्त कार्यक्रम हुन लागेको नुवाकोट हाप्किडो संघ अध्यक्ष तथा बाग्मति प्रदेश हाप्किडो संघ उपाध्यक्ष मनोज गुरुङले जानकारी दिए ।

नुवाकोट जिल्ला हाप्किडो संघ अन्तर्गत रहेको शाखा डोजाङ को जुनियर पेटि परिक्षण तथा आत्मरक्षा तालिम अभिमुखिकरण कार्यक्रम संचालन को लागि बेलकोटगढी नगरपालिका वडा नम्बर ३ को कार्यालयलाई शुक्रवार जानकारी गराईएको छ ।

खेल जगत्मा छुट्टै पहिचान बनाउँदै आएको यस नुवाकोट हाप्किडो संघले धेरै कार्यक्रम तथा प्रतियोगीता सञ्चालन गरिसकेको छ । जुनियर पेटी परिक्षण तथा आत्मारक्षा तालिम अभिमुखिकरण कार्यक्रमले आत्मबल दरो बनाउँदै लाने नुवाकोट जिल्ला प्रमुख तथा केन्द्रिय सहायक प्रशिक्षक प्रविण गुरुङले जानकारी दिए । आफ्नै नगरपालिकामा हुन लागेको यो प्रतियोगीताको शुभकामना दिँदै सकेको सहयोग गर्ने वडा नम्बर ३ का वडा अध्यक्ष जनक घिमिरे तथा वडा सदस्य कौशिला पुडासैनीले प्रतिबद्धता जनाए ।

वडामा जानकारी गराउन नुवाकोट जिल्ला हाप्किडो संघ अध्यक्ष तथा बाग्मति प्रदेश हाप्किडो संघ उपअध्यक्ष मनोज गुरुङ , नेपाल मार्शल हाप्किडो संघ ,नुवाकोट जिल्ला प्रमुख तथा केन्द्रिय सहायक प्रशिक्षक प्रविण गुरुङ, नुवाकोट हाप्किडो जिल्ला सदस्य सुमन गुरुङ , स्थानिय समाजसेवि युवा हरि गुरुङ लगायतको सहभागीता रहेको थियो । कार्यक्रम चैत्र ७ गते सञ्चालन हुनेछ ।

 

संम्बन्धित समचार

Leave a Reply