जगत् बहादुर थापा स्मृति संस्थाद्धारा थाक्रेमा दुई दिने प्राथमिक उपचार तालिम सञ्चालन [भिडियो]

Post Thumbnail

फागुण २९, धादिङ । जगत् बहादुर थापा स्मृति संस्था थाक्रे दुई द्धारा आयोजित दुई दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ मा अबस्थित महाकाली माध्यमिक बिद्यालयमा सञ्चालित तालिममा महाकाली माबि थाक्रे २ का ८ जना, लिलाकाली माबि थाक्रे २ का ८ जना तथा अमर्खु माबि थाक्रे ३ का ८ जना गरि २४ जना माध्यमिक तहका बालबालिकाहरु सहभागी भएका थिए ।

समापन समारोहमा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष राजु थापाको सभापतित्व र रेडक्रसका मन्त्री दुर्लभ थापाको आतिथ्यता रहेको थियो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी आचार्यले थाक्रे गाउँपालिकामा स्वास्थ्यको क्षेत्रमा पालिकाले धेरै काम गरेको र आगामी दिनमा पनि कार्यक्रमहरु गर्ने तथा सहयोग प्रदान गर्ने बचन बद्धता जाहेर गरे । सोहि कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष थापाले गाउँ, समाज र बिद्यालयभित्र पनि भईपरि आउने दुर्घटनाबाट हुने क्षतिलाई न्युनिकरण गर्न तालिम प्राप्त प्रशिक्षार्थीहरुबाट ठूलो सहयोग पुग्ने बताए ।

तालिम पश्चात् प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक तथा प्रयोगात्मक परिक्षा लिएर उत्कृष्ट प्रशिक्षार्थी पनि छनौट गरिएको थियो । समापन समारोहमा प्रमुख अतिथीको हातबाट उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा अन्य सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रशिक्षण कार्यक्रम नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाको प्राबिधिक सहयोगमा सम्पन्न भएको शिक्षक मनोज कार्कीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस