श्रीमतीको उपचारका लागि सिंगापुर गएका प्रचण्ड स्वदेश फर्किए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन १६, मंगलबार (५ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असोज १६, काठमाडौं । पत्नी सीताको उपचारका लागि सिंगापुर गएका नेपाल कम्युनिष्ट पार्टी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल स्वदेश फर्किएका छन् ।

दाहाल सोमबार राती नेपाल फर्किएको उनका प्रेस संयोजक विष्णु साप्कोटाले बताए। सापकोटाका अनुसार चिकित्सकले सीतालाई ६ महिना नियमित औषधि सेवन गर्न सुझाएका छन् । सीताको स्वास्थ्य अवस्थामा सुधार आउन थालेको छ।

यता नेपाल फर्कनासाथ दाहाल राजनीतिक भेटघाट र छलफलमा व्यस्त बनेका छन् । उनी सिंगापुर रहेका बेला पार्टीभित्रको मतभेद बाहिरिएको थियो।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले दाहाल र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी निर्णय गरेको भन्दै असन्तुष्ट व्यक्त गरेका थिए।

अमेरिकापछि कोस्टारिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले पार्टीभित्र कुनै पनि विवाद नरहेको दावी गरिरहेका बेला दाहालले सिंगापुरबाटै नेपाललाई फोन गरेर पछिल्ला असमझदारी र असहमति स्थायी कमिटिको बैठकमा राख्न सकिने र मिलेर अघि बढ्नुको विकल्प नभएको भन्दै नेपाललाई सम्झाएका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस