विकासलाई दृढताका साथ अगाडि बढाएको प्रधानमन्त्री ओलीको दाबी

चैत १ काठमाण्डौ । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका कामलाई तीव्रता दिइरहेको बताएका छन्। दीगो विकासलाई दृढताका साथ अगाडि बढाएको दाबी प्रधानमन्त्री ओलीको छ।

‘दीगो विकास दृढताका साथ तीव्र गतिमा अगाडि बढाएका छौं। यो असाधारण उपलब्धि हो। यसलाई अझ उचाइमा पुर्‍याउनुपर्छ,’ प्रधानमन्त्री ओलीले आइतबार प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ गर्दै भने।

उनले विरोधका लागि विरोध गर्नेहरू देशमा रहेको पनि बताए। देश र जनताप्रति जिम्मेवारी बोध नभएकाहरूले विरोध गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।आफ्नो स्वार्थका लागि मानिसहरूले गीतमा जस्तै जे पनि बेचिदिन्छु भन्ने गरेको प्रधानमन्त्री ओलीले बताए।

प्रधानमन्त्री ओलीले २१० स्थानीय तह जोड्ने सडकको आज शुभारम्भ गर्दै उक्त कुरा भनेका हुन्।

संम्बन्धित समचार

Leave a Reply