दशनामी समाज कास्कीको अध्यक्षमा गिरी चयन

चैत १ कास्की। शनिबार नेपाल दशनामी समाज कास्कीको नबौ साधारणसभा तथा पाचौं अधिबेशन पोखराको साइमन पार्टी प्यालेसमा भब्यताका साथ सम्पन्न भएको छ । अधिवेशनले हिरा कुमारी गिरीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती सर्वसम्मत रुपमा चयन गरेको छ । अध्यक्ष गिरीले यस भन्दा पहिला विभिन्न राजनैतिक र सामाजिक जिम्मेवारी सफल रुपमा सम्पन्न गर्दै आएकाी छन् ।

सहभागी प्रतिनिधिहरुले अब समाजले महिला नेतृत्वमा अरु जिल्ला भन्दा कास्की उत्कृष्ट जिल्ला हुने समेत आशा राखेको वताएका छन् ।
समाजको देश भरि नै संजाल रहेको र कास्कीले मात्र महिला नेतृत्व पाएको छ । हाल सम्म कास्की वाहेक अरु जिल्लामा महिलाले नेतृत्व गरेका छैनन् । कास्कीमा पनि यश भन्दा पहिला महिला अध्यक्ष नरहेको आयोजक बताउछन् ।

निवार्चित भए पछि अध्यक्ष गिरी भन्नू हुन्छ । अब समाजलाई सबै हिसावले उत्कृष्ट र सबल जिल्लाको रुपमा अगाडि वढाउने छु । अग्रजको असल अभिभावकत्व, सल्लाह, सुझाव र सहकर्मी साथिहरुको साथ लिएर अगाडि बढ्ने छु । साथै अध्यक्षको जिम्मेवारी दिने निवर्तमान अध्यक्ष, सल्लाहकार र सम्पूर्ण समाजका प्रतिनिधिहरुलाई धन्यवाद दिएकी थिइन् ।

अधिवेसन अध्यक्ष जगतमोहन गिरीको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रम सचिव मिरा गिरी र कार्यक्रमको प्रमुख अतिथि समाजका केन्द्रीय उपाध्यक्ष तारा गिरी हुनुहुन्थ्यो भने स्वागत स्वयं हिरा गिरीले गरेकी थिइन् ।

 

संम्बन्धित समचार

Leave a Reply