ओली समुहको निर्णयलाई वैधानिकता नदिन निर्वाचन आयोगलाई पत्र नेपाल समूहको पत्र

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र २, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टीमा विधानविपरित गरिएका निर्णयलाई वैधानिकता नदिन भन्दै निर्वाचन आयोगलाई पत्र बुझाएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकले जिम्मेवारी बाँडफाँडका साथै केन्द्रीय सदस्य मनोनित गरेपछि आइतबार नेपाल समूहले आयोगमा पत्र लेख्दै त्यसलाई कार्यान्वयन नगर्न माग गरेको हो ।

नेपाल समूहको बसेको स्थायी कमिटी बैठकले विधानविपरीत अध्यक्ष ओलीले गरेको निर्णय खारेज गर्नुपर्ने निष्कर्ष निकालेको छ । ‘हामी निवेदक नेकपा ९एमालेको २०७१ सालको नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको विधानको धारा १४ बमोजिम निर्वाचित पदाधिकारी र सदस्य हौं ।

सोही धाराबमोजिम केन्द्रीय कमिटीको निर्वाचन सम्पन्न भई सोही धाराको उपधारा ३ बमोजिम १० प्रतिशत सदस्यसमेत मनोनित भइसकेको अवस्था भएकोले हाल पार्टी विधानबमोजिम केन्द्रीय कमिटीमा कुनै पनि रिक्त स्थान रहेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस