ज्योति लाइफले आइपिओमा १२ लाख बढीको हात रित्तो हुने पक्का !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ चैत्र २, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २, काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर आइपिओमा हालसम्मकै धेरै आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका प्रवक्ता सुरेश न्यौपानेका अनुसार १८ लाख ४ हजार ६४८ जनाले आवेदन दिएका छन् ।

सो संख्याले ३ करोड ८० लाख ५७ हजार कित्ताका लागि आवेदन दिएका छन् । जसमा कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडिनेछ । आइपिओ भरेकामध्ये ५ लाख ९४ हजार जनाले मात्रै १० कित्ताका दरले पाउने छन्, १२ लाखको हात रित्तो हुनेछ । यीमध्ये प्रक्रिया नपुगेका आवेदन पहिले नै अस्वीकृत हुनेछन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस