बिश्वमा कोरोना : २४ घन्टामा ५ हजार ६ सयको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ चैत्र २, सोमबार (३ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

चैत्र २, काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा पाँच हजार पाँच सय ८६ जनाको मृत्यु भएको छ । ब्राजिलमा सबैभन्दा बढी एक हजार एक सय ११ जनाको मृत्यु भएको छ भने ४४ हजार एक सय २० जना संक्रमित थपिएका छन् । यसैगरी अमेरिकामा छ सय १५ जनाको मृत्यु भएको छ भने ३६ हजार छ सय ४४ जना संक्रमित थपिएका छन् । यस्तै मेक्सिकोमा छ सय ३९ जनाको मृत्यु भएको छ ।

रुसमा तीन सय ९५ जना भारतमा एक सय २० जना, फ्रान्समा एक सय १४ जना, इटालीमा दुई सय ६४ जना, पोल्यान्डमा एक सय १० जना, युक्रेनमा एक सय ४५ जना, चिलीमा एक सय जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस