चितवनमा ट्रक र जिप ठोक्किँदा धादिङ धुषाका एक जना पुरुषको मृत्यु !

चैत्र २, चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ धुषाका २७ वर्षीय महेश फुयाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काँकडभिट्टाबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख १४२० नम्बरको तरकारी बोकेको ट्रक र विपरीत दिशाबाट गइरहेको बा १८ च १३७१ नम्बरको बोलेरो जिप सोमबार बिहान राप्ती नगरपालिका(३ मार्तलपुल नजिक एकापसमा ठक्कर खाएको हो ।

संम्बन्धित समचार

Leave a Reply