ट्रक दुर्घटना हुँदा दुई भारतीय नागरिक घाइते

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ चैत्र २, सोमबार (३ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

चैत्र २ तनहुँ । पृथ्वीराजमार्ग पर्ने व्यास नगरपालिका १२ घाँसीकुवा, जलविरे मार्बल बोक्ने ट्रक दुर्घटना भई आगलागी हुँदा दुई भारतीय नागरिक घाइते भएका छन् ।

भारतबाट दमौली आउँदै गरेको आरजे १४ जिजे ७१२६ नम्बरको ट्रक सोमबार दिउँसो १२ः३० वजे दुर्घटना भई आगलागी हुँदा घाईते भएका हुन् । भारतको उत्तरप्रदेश निवासी चालक ४१ अशोककुमार राजपुत र सहचालक सोही ठाउँका वर्ष २८ का हरिन्द्रसिंह घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलेन्द्रबहादुर हमालले जानकारी दिए ।

अनियन्त्रित भई सडक छेउमा पल्टिने क्रममा आगलागी भएको र उनीहरु घाइते भएको उनले जानकारी दिए । हमालका अनुसार घाइते दुवैको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको छ । व्यास नगरपालिकाको दमकलको सहायतमा आगो नियन्त्रणमा लिइएको र ट्रकको अघिल्लो भागमा आगोले बढी क्षति भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस