स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले हुएस्कालाई पराजित

चैत्र ३, काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले हुएस्कालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले हुएस्कालाई ४।१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए । उनले खेलको १३औ र ९०औ मिनेटमा गोल गरेका थिए । त्यस्तै एन्टोनी ग्रीजम्यानले एक गोल गरे भने ओस्कार मिनगुएजाले एक गोल गरेका थिए । मेसीले यस खेलपछि नयाँ रेकर्ड समेत बनाएका छन् । मेसीले ला लिगामा बार्सिलोनाका लागि ७६७ खेल खेल्दै बार्सिलोनाका लिजेण्ड जाभी हर्नान्डेजको बराबरी गरेका छन् ।

यो जितपछि बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना अब शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिड भन्दा ४ अंकले पछाडी रहेको छ । बार्सिलोनाको २७ खेलमा ५९ अंक रहेको छ । त्यस्तै हुएस्काको भने २७ खेलमा २० अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply