आजको संसद बैठकमा शोक प्रस्ताव मात्रै पारित हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र ३, मंगलबार (३ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

चैत्र ३, काठमाडौ । सरकारले विजनेसको नदिएपछि संसद अधिवेशन अन्योलमा परेको छ । आजको बैठक पनि शोक प्रस्तावमा सीमित हुने भएको छ । सर्वोच्च अदालतले समय नै तोकेर परमादेश दिएपछि सरकारले फागुन २३ गते बस्ने गरी अधिवेशन बोलाएको थियो। अधिवेशनका लागि सरकारले कुनै विजनेसको दिएको छैन ।

दर्जनौ विधेयक विचाराधीन रहे पनि सरकारले बैठकमा पेश गर्न चाहेको छैन । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सरकार पक्षका सांसदले बैठकमा कुनै कार्यसूची राख्न नहुने बताएका थिए । एमाले मुख्य सचेतक विशाल भट्टराई, सांसदहरु शान्ता चौधरी र खगराज अधिकारीले दलहरुबीच कुनै सहमति नभएकाले बैठकमा कुनै कार्यसूची नराख्न दबाब दिए ।

प्रतिपक्षी दलले संसद बैठकमा शीर्ष नेतालाई बोल्न दिनुपर्ने माग गरे पनि सत्ता पक्षका सांसद सहमत भएनन् । सहमति नजुटेपछि संसद सचिवालयले आजको बैठकमा शोक प्रस्ताव मात्रै पारित गर्ने कार्यसूची निकालेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस