नेपालमा १५ लाख ५५ हजार ४४१ जनाले कोभिड –१९ विरुद्धको खोप लगाए

Post Thumbnail

चैत्र ३, काठमाडौ । नेपालमा १५ लाख ५५ हजार ४४१ जनाले कोभिड –१९ विरुद्धको खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले चैत १ गतेसम्म प्राप्त गरेको डाटा अनुसार २२ लाख ९० हजार ७५ जनालाई खोप लगाउने टार्जेट राखेकोमा उक्त संख्यामा खोप लगाएको बताए । यस्तै, ६५ वर्षभन्दा माथिका उमेरसमूहलाई दिइएको खोप अनुसार १७ लाख ८२ हजार ४६९ टार्जेट रहेकोमा ११ लाख १६ हजार ५३२ रहेको छ ।

अहिलेसम्म निष्चित व्यक्तिहरुलाई दिइएको खोप ६८ प्रतिशतजनाले सेवा लिइसकेको छ । नेपालमा पहिलो खेपको खोप लगाएकाका लागि दोश्रो खेपको खोप लगाउन सरकारले बजेट छुट्याइसकेकाले नेपालमा ल्याउने प्रक्रियामा रहेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस