बालकृष्ण ढुंगेल रिहा : भने- ‘डलरवादीहरु’ले जेलमा सडाउने षड्यन्त्र गरे’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ १५, मंगलबार (६ साल अघि)
  • ४३ पटक पढिएको
Post Thumbnail

जेठ १५,काठमाडौँ । द्वन्द्वकालीन मुद्दामा जेल परेका बालकृष्ण ढुंगेल रिहा भएका छन् । ढुंगेल मंगलबार बिहान डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

गणतन्त्रको अवसरमा सरकारले ढुंगेलसँगै अन्य ८१६ कैदी–बन्दीको कैद मिनाह गर्न सिफारिस गरेको थियो । राष्ट्रपतिले सरकारको सिफारिस अनुमोदन गरेसँगै ढुंगेल रिहा भएका हुन् ।

ढुंगेललाई स्वागत गर्न मंगलबार बिहानै नेकपाकी केन्द्रीय सदस्य देवी खड्का, विद्यार्थी, युवा संगठनका नेताहरु डिल्लीबजार कारागार पुगेका थिए । समर्थकले उनलाई माला लगाएर स्वागत गरे भने ढुंगेलले केहीबेर सम्बोधन गरेका थिए ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेल द्वन्द्वकालमै ७ वर्ष जेल परेका थिए । शान्ति प्रक्रियापछि सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो । तर ढुंगेल अदालतको फैसलासँगै फरार थिए ।

चौतर्फी आलोचनाका बीच उनी गत कात्तिक १४ गते ललितपुरबाट पक्राउ परे । जेल परेको झण्डै ६ महिनापछि उनलाई माफी मिलेको छ र जेलबाट छुटेका छन् ।

डलरवादीहरु’ले जेलमा सडाउने षड्यन्त्र गरे

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएपछि रिहा भएका बालकृष्ण ढुंगेलले मानवअधिकारवादी र वकिलप्रति आक्रोस पोखेका छन् ।

पूर्वसांसद समेत रहेका ढुंगेल मंगलबार विहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै ढुंगेलले युद्धका बेला शान्ति र शान्तिमा युद्धको खेती गर्ने ‘डलरवादीहरु’ले आफूलाई जेलमा सडाउने षड्यन्त्र गरेको आरोप लगाए । उनले भने, ‘डलरवादीहरुको अभियानप्रति घृणा व्यक्त गर्छु ।’

उनले आफूलाई रिहा गर्ने सरकारको निर्णयविरुद्ध मुद्दा हाल्ने वकिलहरुको पनि चर्को विरोध गरे । आफूले सर्वोच्च अदालतको सम्मान गर्ने तर, आफूविरुद्ध परेको रिटमा लामो बहस गर्न जरुरी नभएको ढुंगेलको तर्क थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस