‘पार्टीको विधानमा गुट भेला तथा राजनीतिक गतिविधि गर्ने छुट छ’ : सुरेन्द्र पाण्डे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र ४, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र ४, काठमाडौ । सत्तारुढ नेकपा एमालेको असन्तुष्ट समूहले आज र भोली आयोजना गरिएको गुट भेला पार्टी एकताकै लागि भएको दाबी गरेको छ । पत्रकार सम्मेलनमा नेताहरूले केपी ओली समूह पार्टी फुटाउन अग्रसर रहेको प्रत्यारोप लगाए ।

नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले पत्रकार सम्मेलनमा बोल्दै भने, ‘पार्टी विभाजनको आरम्भ ओलीजीले गर्नुभएको हो । २८ गतेको बालुवाटार वैठकले विभाजनको बिजारोपण गरेको हो ।

ती सबै निर्णय फिर्ता नभएसम्म पार्टी एकता सम्भव छैन ।’ आफूहरुले गरेको गुट भेला भने विधानसम्मत रहेको उनले प्रष्ट पारे । ‘पार्टीको विधानले यस्ता भेला तथा राजनीतिक गतिविधि गर्ने छुट दिएको छ । आज र भोलीको भेला पार्टी एकताको सुदृढीकरणका लागि हो ’, पाण्डेले भने ।

 

ताजा अपडेट

खोजी गर्नुहोस