सौराहाको पर्यटन क्षेत्र तङ्ग्रदै

चैत्र ४, चितवन । पर्यटकको पर्खाइमा रहेका चितवनको सौराहामा अहिले आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । कोरोनाका कारण एक वर्ष पर्यटक न्यून रहेको सौराहामा अहिले दैनिक सभा सम्मेलन र आन्तरिक पर्यटकको भीड लाग्ने गरेको हो । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराइले भन्नुभयो ‘झण्डै एक वर्ष सुनसान जस्तै बनेको सौराहामा अहिले गतिविधि वढेको छ, यही अवस्था कायम रहेकामा बाच्न सकिने छ ।’ विदेशी पर्यटक आएका छैनन् स्वदेशी भए पनि आउनु भएको छ उनले भने ।

उनका अनुसार दैनिक ३० प्रतिशत होटलका कोठाहरु बुक भएका छन् । अहिलेको अवस्थामा पर्यटक आउनुलाई राम्रो मानिन्छ अध्यक्ष भट्टराइले भने । विदाको दिनमा ५० प्रतिशत भन्दा धेरै होटलका कोठाहरु भरिने गरेको छ । सरकारी तथा गैर सरकारी क्षेत्रबाट कार्यक्रम हुन थालेका छन् । दैनिक १२ देखि १५ वटा ठूला सेमिनार आयोजना भएकाले सौराहामा गतिविधि वढेको छ उहाले जानकारी दिए ।

 

संम्बन्धित समचार

Leave a Reply