सिन्धुलीमा जीप दुर्घटनामा चारको मृत्यु, सात घाइते, दुईजना गम्भीर

चैत्र ४, काठमाडौ । सिन्धुलीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताए ।

वर्ष ६५ का रुद्रबहादुर थापा, १८ वर्षकी रीता इस्माली, १९ वर्षकी दुर्गा श्रेष्ठ र उनका छोरा दुई वर्षका मनिष श्रेष्ठको मृत्यु भएको उनले जानकारी दिए । सिन्धुलीको कमलामाई नपा करङडाँडामा भएको सो दुर्घटनामा घाइते भएकाहरूका सिन्धुली र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बा १७ च १११७नम्बरको बलेरो सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply