पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, प्रतिलिटर कति पुग्यो ? [बिस्तृत विवरणसहित]

चैत्र ४, काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २–२ रुपैयाँ बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससँगै काठमाडौंमा अब एक लिटर पेट्रोलको ११८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ । निगमले आन्तरिक तर्फ हवाइ इन्धन प्रतिलिटर रु २ बढाएर ७४ रुपैयाँ बनाएको छ । निगमले ग्यास र हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फको मूल्य भने यथावत राखेको छ ।

यसअघि निगमले फागुन १७ मा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । त्यसअघि पनि निगमले अन्तर्राष्ट्रिय बजारमै मूल्य वृद्धि भएको भन्दै भाउ बढाउँदै आएको थियो । निगमले बढाएको मूल्य मंगलबार मध्यरातिदेखि लागू हुने जनाइएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply