नुवाकोट हाप्किडो संघको योजना : महिला हिंसाविरुद्ध आत्मरक्षा तालिम सञ्चालन गर्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ चैत्र ४, बुधबार (३ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

चैत्र ४, नुवाकोट । नुवाकोट बेलकोटगढीमा जुनियर पेटी परिक्षण तथा आत्मरक्षा तालिम अभिमुखिकरण कार्यक्रम सञ्चालन हुने भएको छ । बेलकोटगढी नगरपालिका वडा नम्बर ३ मा अबस्थित लक्ष्मेश्वरि माध्यमिक बिद्यालय रुपिङको प्राङ्गडमा उक्त कार्यक्रम हुन लागेको नुवाकोट हाप्किडो संघ अध्यक्ष तथा बाग्मति प्रदेश हाप्किडो संघ उपाध्यक्ष मनोज गुरुङले जानकारी दिए ।

नुवाकोट जिल्ला हाप्किडो संघ अन्तर्गत रहेको शाखा डोजाङ को जुनियर पेटि परिक्षण तथा आत्मरक्षा तालिम अभिमुखिकरण कार्यक्रम संचालनको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा जानकारी तथा निमन्त्रणा गरिएको छ । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ र नुवाकोट मार्शल आर्ट्स हाप्किडो संघ तथा जिल्ला प्रहरी कार्यालय नुवाकोटको सहकार्यमा नुवाकोटको विभिन्न स्थानीय तह तथा विद्यालयहरुमा महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम सन्चालन गर्ने सम्बन्धि पनि छलफल भएको नुवाकोट हाप्किडो संघ अध्यक्ष तथा बाग्मति प्रदेश हाप्किडो संघ उपाध्यक्ष मनोज गुरुङले जानकारी दिए ।

खेलकुद र खेलाडीहरुको साथै समुदायमा रहेको सामाजिक संघ सस्था तथा क्लबहरु एकताबद्द भइ समाजमा घटिरहने विभिन्न अनैतिक क्रियाकलापहरुको न्यूनीकरण गर्न नुवाकोट हाप्कीडो संघ,जिल्ला प्रहरी कार्यालाय , नुवाकोटले सहयोग गर्ने डिएसपि हरि बहादुर वलिले व्यक्त गरे । कार्यक्रम चैत्र ७ गते हुने छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस