देशभर १ करोड ६२ लाख ४३ हजार मतदाता संख्या

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र ५, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र ५, काठमाडौं । पछिल्लो थपसहित देशभर १ करोड ६२ लाख ४३ हजार मतदाता संख्या पुगेको छ । निर्वाचन आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार पछिल्लो संकलित नामावली अद्यावधिकपछि १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता पुगेका छन् ।

नयाँ संख्या थपपछि मतदानस्थल १० हजार ६ सय ६० कायम हुने भएको छ । यसअघि, २०७४ सालमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कुल मतदाता संख्या १ करोड ५४ लाख थिए । यो संख्या आधार मान्दा तीन वर्षमा ८ लाख ४३ हजार नयाँ मतदाता थपिएका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस