मिर्मिरे लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ चैत्र ५, बिहिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र ५, काठमाडौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज चैत ५ गते अन्तिम दिन हो । मिर्मिरेले हाल कायम चुक्ता पुँजीको ९.१९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४८ प्रतिशत नगद लाभांश गरि कुल ९.६८ प्रतिशत लाभांश वितरण गर्दैछ ।

लाभांश तथा साधारण सभा प्रयोजनको लागि यसले चैत ८ गतेदेखि बुक क्लोज गर्ने भएको छ । शुक्रबार र शनिबार सेयर कारोबार बन्द हुनेछ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्ने छ । संस्थाको साधारण सभा चैत १८ गते पञ्चकन्या ब्यांकेट बनेपा, काभ्रेपलान्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस