जसपाको बैठक अचानक स्थगित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र ५, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत ५ काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल कार्यकारिणी समितिको आज बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ । शंखमुलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा ११ बजेका लागि बोलाइएको बैठकमा सहभागी हुन अधिकांश सदस्य आइसकेका थिए, तर अचानक बैठक स्थगित गरिएको हो ।

कार्यकारिणी सदस्य केशव झाका अनुसार बैठकको तयारी नपुगेको कारण स्थगित गरिएको छ । पार्टीको समायोजनका कामहरुको दस्तावेज तयार नभएको कारण बैठक स्थगित भएको उनले बताए । तर स्रोतका अनुसार सत्ता समीकरणका लागि कसलाई सहयोग गर्ने विषयमा दुई पक्षको बीचमा कुरा नमिल्दा बैठक स्थगित गरिएको हो ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्ष र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षको बीचमा कुराकानी नमिलेको हुँदा बैठक स्थगित गरिएको स्रोतको दाबी छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस