कल्पना महर्जनलाई वर्ल्ड बुक अफ रेकर्डको प्रमाण पत्र प्रदान

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७७ चैत्र ५, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत ५ काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको दुबै मोहडा (नेपाल र तिब्बतको मोहडा)बाट सफल आरोहण गरेकी विश्व कीर्तिमानी पत्रकार कल्पना महर्जनलाई वर्ल्ड बुक अफ रेकर्डले प्रमाणपत्र प्रदान गरेको छ ।

ललितपुर महानगरपालिकाले आयोजना गरेको विशेष समारोहबीच नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवको हातबाट कल्पनाले सो प्रमाणपत्र ग्रहण गरेकी हुन् ।

यूकेमा केन्द्रीय कार्यालय रहेको वर्ल्ड बुक अफ रेकर्डले विल्कुलै नयाँ एवं साहासिक काम गर्नेहरुलाई निश्चित मापदण्डको आधारमा प्रमाणपत्र प्रदान गर्ने गर्दछ । कल्पनाले सगरमाथाको दुईटै मोहडाबाट सफल आरोहण गरेर साहासिक काम गरेकोले नयाँ रेकर्ड कायम गरेको प्रमाणपत्र दिइएको वल्र्ड बुक अफ रेकर्डले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस