कृषि फार्ममा आगलागी हुँदा २० वटा गाईको जलेर मृत्यु

चैत ६ सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित कृषि फार्ममा आगलागी हुँदा २० वटा गाईको जलेर मृत्यु भएको छ । आगलागीपछि ३० वटा गाई हराएका छन् ।

गाउँपालिकाको वडानम्बर ५ स्थित कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा बिहीबार राति विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीले उक्त फार्ममा पालिएको ६० मध्ये २० वटा गाईको जलेर मृत्यु भएको छ । १० वटा गाई घाइते भएको र ३० वटा हराइरहेको फार्मका संचालक मनोज कुमार साहले बताए ।

एक्कासी विद्युत सर्ट भएर आगो लागेको सञ्चालक मनोजको भनाइ छ । आगलागीले फार्मको घरसहित गाईलाई खुवाउने अन्नपातसमेत जल्दा ५० लाखभन्दा बढीको क्षति भएको उनले बताए । आगो निभाउने क्रममा फार्मका अर्का सञ्चालक दिनानाथ साह घाइते भएका छन् । उनको स्थानीयस्तरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार आगो राति नै नियन्त्रणमा आइसकेको छ ।

संम्बन्धित समचार

Leave a Reply