महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र ६, शुक्रबार (३ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

चैत ६ काठमाडौँ । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । शुक्रबार पत्रकार सम्मेलनमार्फत उनले महान्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ८ गते खरेललाई महान्याधिवक्तामा नियुक्त गरेकी थिइन्। खरेल प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा ९२० बमोजिम महान्यायाधिवक्तामा नियुक्त भएका थिए ।

झापाको गौरादह निवासी खरेल २०६४ र २०७० को संविधानसभा सदस्य रहेका थिए । प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालमा कानुनमन्त्रीको जिम्मेवारीमा रहेका उनी नेपाल बार एशोसिएसनका पूर्व महासचिवसमेत हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस