युवा उद्यमी भानुभक्त ढुंगाना राष्ट्रिय उद्यमी सम्मानबाट सम्मानित

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ चैत्र ६, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत ६ काठमाडौँ । युवा उद्यमी भानुभक्त ढुंगाना ‘राष्ट्रिय उद्यमी सम्मान २०२१’ बाट सम्मानित भएका छन् ।

रशियन कल्चर सेन्टरमा भएको ‘नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२१ ‘ कार्यक्रममा ढुंगानालाईं राष्ट्रिय उद्यमी सम्मानबाट सम्मानित गरिएको हो ।

लामो समयदेखि कस्मेटिक उद्योगको स्थापना गर्दै आएका ढुंगानालाईं कोभिड –१९ तथा लकडाउनले सुस्ताएको उद्योग क्षेत्रलाई पुनः चलायमान बनाउन र यससंँग अवद्ध रहेका व्यक्ति हौसला प्रदान गर्न योगदान पुर्याए बापत उक्त सम्मान गरिएको आयोजकले जनाएको छ ।

मौलिक, कला, संस्कृति, संगीत, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, पर्यटन र कस्टमेटिक क्षेत्रका विभिन्न विधाका व्यक्तित्वहरू पुरस्कृत एवं सम्मानित भएका थिए ।

कस्टमेटिक क्षेत्रका पुरुषतर्फ ढुंगाना उष्कृष्ठ ठहरिएका हुन् । नेपाली भूमिकै उत्पादनलाई स्थापित गर्न सफल उनि परेली ग्रुपका निर्देशक हुन् । परेली ग्रुपको परेली अलकेयर ब्राण्ड बजारमा चर्चित ब्राण्ड हो ।

नेपाली युवाहरुलाई स्वदेशमै रोजगारी दिनुका साथै समाजको हरेका क्षेत्रमा सेवाको भाव राख्ने ढुंगाना विभिन्न संघ संस्थामा आवद्ध रहेका छन् । आफुले पाएको उक्त सम्मानले हौसालाको साथै थप जिम्मेवारी समेत थपिएको उनले बताए ।

सम्मान कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, संगितकार शम्भुजित बाँस्कोटा, गायिका अन्जु पन्त लगायत विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरुको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस