अफगानिस्तानको सरकार र तालिबानबीच शान्ति वार्ता अघि बढाउने सहमति

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ चैत्र ६, शुक्रबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

चैत्र ६, काठमाडौं । अफगानिस्तानको सरकार र तालिबानबीच शान्ति वार्ता तीव्र गतिमा अघि बढाउने सहमति भएको छ । बिहीबार रुसको मस्कोमा भएको अन्तर्राष्ट्रिय सम्मेलनपछि अफगानिस्तान सरकार र तालिबानबीच उक्त सहमति भएको हो ।

अफगानिस्तानको सरकारका अधिकारीले दुवै पक्ष अन्योलमा रहेको वार्तालाई तीव्र गतिमा अघि बढाउन सहमत भएको बताएका हुन् । बिहीबार अमेरिका, रुस, चीन र पाकिस्तानका प्रतिनिधिको बैठकले अफगानिस्तान र तालिबानलाई तत्काल युद्ध विरामको लागि आग्रह गरेका थिए । गत वर्ष तालिबान र अमेरिकाको युद्धविरामको सम्झौता भएको थियो । उक्त सम्झौताको शर्त पूरा गर्ने मिति नजिकिँदै गर्दा अफगानिस्तानको मुद्दामा अन्तर्राष्ट्रिय मुलुकबीच बैठक बसेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस