सिंगटी हाइड्रोको २९ करोड बरावरको आईपीओ निष्काशन, चालु आवमा नै ८ प्रतिशत लाभांश दिने !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ चैत्र ६, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र ६, काठमाडौ । शुक्रबारदेखि २९ करोड रुपैयाँको आईपीओ निष्काशन गरेको सिंगटी हाइड्रो लिमिटेडले चालु आवमा नै ८.०३ प्रतिशत लाभांश दिने बताएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा पेश गरेको एक प्रतिवेदनमा यस्तो उल्लेख गरेको हो । कम्पनीले चालु आवमा प्रतिशेयर आम्दानी ८=०३ प्रतिशत पुग्ने अनुमान गरेको छ । त्यो अनुसार कम्पनीको लाभांश क्षमता पनि सोही बराबर हुनेछ । यस्तै, आव ०७८÷७९ मा ९=१६ प्रतिशत, आव २०७९÷८० मा ११।२२ र आव २०८०÷८१ मा १३=४८ प्रतिशतसम्म प्रतिशेयर आम्दानी पुग्ने अनुमान गरिएको छ ।

आजबाट सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस