पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यावस्था सामान्य

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र ८, आईतबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत ८ काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा समस्या भनि समाचार सम्प्रेषण गरिएकोप्रति खनालको नीजि सचिवालयले खण्डन गरेको छ ।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार पूर्वप्रधानमन्त्री खनालको विगत केही समय अगाडिबाट स्वास्थ्यमा सामान्य समस्यामात्रै देखा परेको अवस्था हो । ‘बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील अवस्था होइन । कुनै पनि व्यक्तिको स्वतन्त्रतासम्बन्धी हकअन्तर्गत स्वास्थ्य जस्तो गम्भीर संवेदनशील कुराहरुमा सूचना सम्प्रेषण गर्नु भन्दा अगाडि परिवारसँग जानकारी लिने वा सम्बन्धित पक्षसँग सत्य तथ्य बुझ्न सबैमा सचेत गराइन्छ’,भट्टराईले भनेका छन् ।

‘यस्ता खालका भ्रामक अफवाहमा आधारित समाचारहरु सम्प्रेषण गर्ने र प्रचार गर्ने कामप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ । तसर्थ उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको, पार्टी कमिटीका सम्पूर्ण कार्यक्रमहरुमा सक्रियताका साथ लागिरहनु भएको हुँदा बाहिर आएको गलत सूचनाको भ्रममा नपर्न आमनागरिक, सञ्चार जगत, प्रबुद्ध समुदाय र शुभेच्छुक र शुभचिन्तकहरुमा सबैमा हार्दिक आग्रह गर्दछु’ स्वकीय सचिव भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस