आईपीओ लगानीको अर्को अवसर: जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आउदै !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ चैत्र ८, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र ८,काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले आईपीओ निष्कासनका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धी सम्झौता चैत्र ५ गते शुक्रबार संस्थाको प्रधान कार्यालय सिमलाचौर पोखरामा सम्पन्न भएको छ । बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता पत्रमा संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विमला योगी तथा क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिकाको सिमलाचौरमा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ । संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस