अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाइते

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ चैत्र ८, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत ८ अर्घाखाँची । जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका २ जनज्योति उच्च माबि नजिकै लु १ ज ४५३८ नम्बरको डबल क्याप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाईते मध्ये दुइ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले जानाकारी दिए ।

सन्धिखर्क नगरपालीका ९ अर्घा सक्रेटीबाट सदरमुकाम सन्धिखर्क तर्फ आउँदै गरेको डबल क्याप जिप सडकबाट करिब ३५ मिटर तल भीरमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी अर्घाखाँची सन्धिखर्क ९ अर्घाका २८ वर्षीय सुरज खनाल, उहाँकी श्रीमती २३ वर्षीया रिता खनाल, उहाँको ४ वर्षीय छोरा सुक्रिम खनाल, सोही ठाउँकै ३३ वर्षीया सावित्री खनाल,१८ वर्षीय विजय खत्री, जिप चालक ४२ वर्षीय ठकबहादुर खत्री र ६६ वर्षीया सीता खत्री घाइते भएको प्रहरीले जानाकारी दिएको छ ।

घाईतेमध्ये चालक ठकबहादुर खत्री र सीता खत्री गम्भीर घाइते रहेको जनाइएको छ । घाईतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना भएको जानकारी पाउने बित्तिकै स्थानियवासी, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरि अस्पताल पठाइएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस