ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट छनौट, नेपाल र म्यानमार भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ आश्विन १७, बुधबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज १७, काठमाडौं । आइसिसीले आयोजना गर्ने ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनौट प्रतिस्पर्धा बुधबारदेखि मलेसियामा सुरु हुँदैछ । नेपाली टोलीले पूर्वी एसियाको छनौटको पहिलो खेलमा म्यानमारसँग प्रतिस्पर्धा गर्नका लागेको हो ।

नेपाल रहेको समूहमा म्यानमारसँगै भुटान, थाइल्याण्ड र चीन रहेका छन् । यो प्रतियोगितामा अर्का दुई टोली मलेसिया र सिंगापुर पनि छन् । प्रतिस्पर्धाको शीर्ष तीन टोली छनौटको दोस्रो चरणमा पुग्ने छन् अर्थात एसियाली छनौटमा पुग्ने छन् ।

एसियाली छनौटमा ६ टिम हुनेछन् र त्यसका शीर्ष दुई टिम विश्वस्तरीय छनौटमा पुग्ने छन् । विश्व स्तरको छनौटमा ट्वेन्टी–ट्वेन्टी बरियतामा अन्तिममा रहेका ६ टिम र विभिन्न पाँच क्षेत्रबाट छनौट भएर आएका ८ टिम हुनेछन् ।

एसियाली क्षेत्र अन्तर्गत पश्चिम क्षेत्रको छनौटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा पुगेका छन् । अहिलेको छनौटमा नेपाल अरु भन्दा बलियो टिम रहेकाले अघिल्लो चरण पुग्ने सम्भावना बलियो रहेको छ ।

नेपालले बुधबार खेल्न लागेको म्यानमार क्रिकेटमा कमजोर देश हो । नेपालले १२ वर्षअघि म्यानमारसँग खेलेको थियो । त्यो खेलमा नेपाली टोलीले मात्रै दुई बलमा खेल जित्दै कीर्तिमान बनाएको थियो ।

एसिसी ट्रफी अन्तर्गत त्यो बेला मलेसियामै भएको खेलमा म्यानमारले १२ ओभर एक बलमा सबै विकेट गुमाएर मात्रै १० रन बनाएको थियो । ११ रनको लक्ष्य नेपाली टोलीले दुई बलमै पूरा गरेको थियो ।

त्यो खेलमा नेपालका महबुब आलमले सात तथा विनोद दासले तीन विकेट लिएका थिए । बुधबारको खेलमा पनि नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । खेल दिउँसो हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस