सिंगटी हाइड्रो इनर्जीको आइपीओमा लगानीकर्ताको ओइरो, कतिले दिए आवेदन ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ चैत्र १०, मंगलबार (३ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

चैत्र १०, काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको आइपीओमा १ अर्ब ९३ करोड ७१ लाख १० हजार रुपैयाँको आवेदन परेको छ । सीडीएसका अनुसार १२ लाख ४४ हजार १२८ जना आवेदकले १ करोड ९३ लाख ७१ हजार १०० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले चैत ६ गतेबाट प्रति कित्ता सय रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको छ । जसमा ५८ हजार कम्पनीका कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । २६ लाख ४० हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले १० गतेसम्म आवेदन दिन पाउने छन् ।

यसमा न्यूनतम १० देखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन पाएने छ । आवेदन दिँदा सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिन छ । यसको बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस