आजदेखि त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ चैत्र १०, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

काठमाडौ । त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता मंगलबार सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल, बंगलादेश र किर्गिस्तानबिच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेलमा मंगलबार बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टोलीबिच प्रतिस्पर्धा हुनेछ । यो खेल बेलुका साढे पाँच बजेपछि सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा बुधबार किर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । यस्तै नेपालले आउँदो शनिबार बंगलादेशसँग खेल्ने छ । राउण्ड रोबिन लिगको आधारमा हुने खेलको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते सोमबार हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस