कोरोना संक्रमण बढेसँगै दिल्लीमा होली मनाउन रोक

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ चैत्र ११, बुधबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

चैत्र ११, काठमाण्डौ । कोरोना भाइरसको संक्रमण बढे सँगै भारतको राजधानी नयाँ दिल्लीमा होली लगायतका पर्व मनाउन रोक लगाइने भएको छ । दिल्ली विपत् व्यवस्थापन प्राधिकरणले होली लगायतका पर्वमा भीडभाड हुने कुनै कार्यक्रम, सम्मेलन हुन नदिने निर्णय गरेको हो । प्राधिकरणले सबै जिल्ला अधिकारीहरुलाई निर्णय कार्यान्वयन गर्न आदेश समेत दिएको छ ।

भारतमा केही सातायता दैनिक हजारौं मानिसमा कोरोना संक्रमण देखिँदै आएको छ । दिल्लीमा पछिल्लो २४ घण्टा मा १ हजार १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस