सिंगटी हाइड्रोको आइपीओ भर्ने समय सकियो, माग भन्दा ९.२९ गुणा बढी आवेदन ! कतिले भरे ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ चैत्र ११, बुधबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

चैत्र ११, काठमाडौ । सिंगटी हाइड्रो इनर्जीको आइपीओमा २ अर्ब ४५ करोड २२ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार अन्तिम दिन मंगलबार साँझ ५ बजेसम्म १६ लाख २४ हजार ९३८ जनाले २ करोड ४५ लाख २२ हजार ७७० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारका लागि बिक्री खुला गरिएको कुल २६ लाख ४० हजार कित्तालाई आधार मान्दा ९.२९ गुणा बढी आवेदन हो ।

सिंगटीले चैत ६ गतेबाट मंगलबार ९चैत १० गते० सम्म १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी २६ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । सिंगटी हाइड्रोको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ व्यवस्था रहेको थियो ।

यसमा बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गरेको । यो आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम रहेको संकेत गर्दछ ।

ताजा अपडेट

खोजी गर्नुहोस