ओलीलाई स्पष्टीकरणको जवाफ पठाउँदै माधव पक्ष

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र ११, बुधबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

चैत्र ११, काठमाडौँ । एमालेको माधव नेपाल पक्षले समयसीमाभित्रै स्पष्टीकरणको जवाफ दिने भएको छ । ओली पक्षले सोधेको तीनदिने स्पष्टीकरणको म्याद आज सकिँदैछ ।

माधव नेपाल पक्षका एक नेताका अनुसार स्पष्टीकरणको जवाफसहित ओलीलाई समेत प्रश्न सोधेर जवाफ दिने तयारी भइरहेको छ । स्पष्टीकरणको जवाफ तयार भइरहेको छ । समयभित्रै जवाफसहित अध्यक्ष ओलीलाई समेत प्रश्न गरिनेछ, माधव नेपाल निकट ती नेताको भनाइ छ ।

एमाले महासचिव ईश्वर पोखरेलले गत सोमबार बरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई छुट्टाछुट्टै स्पष्टीकरण पत्र थमाएका थिए ।

स्पष्टीकरण पत्रमा नेताहरुले पार्टीभित्र गुटबन्दी गरेको र अनुशासन उल्लंघन गरेकाले कारवाही किन नगर्ने रु भन्दै तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको थियो । गत चैत ७ गते बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सो बैठकमा माधव पक्षका नेताहरु भने सहभागी थिएनन् ।

तर, नेता भीम रावलले भने अध्यक्ष ओलीले नक्कली कमिटी गठन गरेर सोधिएको स्पष्टीकरणको कुनै अर्थ नहुने प्रतिक्रिया दिए । ‘मनपरी ढंगले केन्द्रीय कमिटीमा मानिसहरु थपघट गर्ने, विधानका धाराहरु कुल्चँदै बैठक बसेर निर्णय गरेँ भन्ने कुरा अवैध र स्वेच्छाचारी छ’ रावलले भने, ‘त्यस्तो नक्कली कमिटीको के अर्थ रहन्छ ?’

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काइ दिएपछि अध्यक्ष ओलीले विधानविपरीत एकपक्षीय निर्णय गरेको भन्दै माधव पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस