एमालेको पार्टी कार्यालय अब थापाथलीमा सर्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र ११, बुधबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

चैत्र ११, काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय वैशाख १ देखि थापाथलीमा सर्ने भएको छ । थापाथली हाइटमा सेन्ट जेभियर्स कलेजनजिकैको भवनमा एमालेको पार्टी कार्यालय सर्न लागेको हो ।

उक्त भवनको बुधबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निरीक्षण गरेका छन् । एमालेको बल्खुस्थित पार्टी कार्यालय २०७२ सालको भूकम्पले भत्किएपछि धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनमा कार्यालय सारिएको थियो ।

तर उक्त भवनमा डेढ वर्षको सम्झौता बाँकी छँदै थापाथलीमा कार्यालय सार्न लागिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस