त्रिदेशीय फुटबल प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ चैत्र ११, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत ११, काठमाण्डौ । त्रिदेशीय फुटबल प्रतियोगिताको लागि नेपालले २३ सदस्यीय टोली घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले कप्तान किरण चेम्जोङको नेतृत्वमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

नेपाली टोलीमा नवयुग श्रेष्ठ परेका छैनन् । नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की रहेका छन् । यस्तै डिफेन्डरमा रंजित धिमाल, निशान लिम्बु, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ छन् ।

मिडफिल्डरमा त्रिदेभ गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल, रवि शंकर पासवान परेका छन् । फरवार्डमा अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास रहेका छन् । मङ्गलवार देखि सुरु भएको त्रिदेशीय फुटबलअन्तर्गत नेपालले बिहीवार बङ्गलादेश र आउँदो शनिवार किर्गिस्तानसँग खेल्दैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस